१७ औ मुक्त हलिया दिवश को अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम
2025/8/6
१७ औ मुक्त हलिया दिवश को अवसरमा मिती २०८२ भाद्र २० गते शिखर नगरपालिकामा शिखर हलिया सम्मेेलन सम्पन्न । शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरकाे प्रमुख अाथित्यमा उक्त सम्मेलनको उद्घाटन गरिएको थियो । शिखर हलिया सम्मेलनमा एक देखी ११ नम्वर वडाका हलिया प्रतिनिधि, अभियान्ता, महिलाहरूको उपस्थितीका साथै नगर उपप्रमुख लगायत सराेकारवालाहरूकाे सहभागिता रहेको थियो ।
यसै गरी २०८२ भाद्र २१ गते दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिं खडका विजयको प्रमुख अाथित्य र सराेकारवाला तथा हलिया समुह संगठनका प्रतिनिधिहरूको सहभागितामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।