NEWS & EVENTS

डोटीको के.आई.सिंह गाउँपालिकालाई इडिसिद्वारा स्वास्थ्य सामाग्री सहयोग

2020/4/18

डोटीको के.आई.सिंह गाउँपालिकालाई जिल्लामा क्रियाशील गैह्र सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले शनिबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग गर्ने उद्धेश्यले ड्यान चर्च एडको आर्थिक सहयोगमा इडिसिले के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई स्वास्थ्य सामाग्री हस्तान्तर गरेको हो ।इडिसिले सञ्चालन गरिरहेको परिवर्तन परियोजनाको कार्य क्षेत्र के.आई.सिंह गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा रहेका स्वास्थ्य सँस्थाहरु र त्यहाँका विपन्न समुदायलाई वितरण गर्ने गरी स्वास्थ्य सामाग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिएको इडिसीका सामाजिक परिचालक लालुराम भट्टले जानकारी दिए ।जस अनुसार पिपिई ६ थान, थर्मल गन ६ थान, सेनिटाइजर ८४ बोत्तल, मास्क ९५ थान, ग्लोब्स ९ बक्स, सर्जिकल मास्क २ हजार ५ सय थान र साबुन २ हजार ६ सय ४० थान प्रदान गरेको इडिसिका बाल प्रायोजन अधिकृत नरेन्द्र बहादुर बि.क.ले जानकारी दिए ।

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance