NEWS & EVENTS

गर्भवति अवस्था र सुत्केरी आमाहरुको लागि मानवीय सहायता सामाग्री वितरण

2020/5/13

२०७७ वैशाख ३० र ३१ संस्थाको कार्यक्षेत्र अन्र्तगत दिपायल सिलगढी नगरपालिका वडा नं. ४ र ५ मा वर्तमान लकडाउनका कारण समस्यामा परेका दलित,विपन्न तथा श्रमिक गर्भवति अवस्था र सुत्करी भएका आमाहरुको लागि मानवीय सहायता सम्बन्धि राहत प्याकेज अन्र्तगत ७३ घरधुरिमा वडा अध्यक्ष मदन भण्डारि र वडा सदस्य पार्वति पार्किको प्रमुख आतिथ्यमा वितरण गरियो । एक्शनएड नेपालको सहकार्य र यस संस्थाको सहजीकरणमा वडा कार्यलयसंगको समन्वयमा वितरण गरिएको सामाग्री अन्र्तगत पौष्टिक आहार अन्र्तगत गेडागुडि प्रति व्यक्ति २ के.जि.ज्वानो आधा के.जि.सर्वोत्तम पिठो एक पाकेट साथै सुरक्षा सामाग्री अन्र्तगत डिटोल साबुन ३ वटा, सर्जिकल मास्क ५ वटा,सिटामोल एक स्टीप,स्यानेटरि प्याड २ थान र डिजिटल थर्मोमिटर एक थान वितरण गरियो । यस वितरण कार्यक्रममा वर्तमान कोरोना भाईरसबाट सुरक्षित हुने बारे पनि सचेतनामुलक जानकारी गराइएको थियो । वैशाख ३० गते बाट शुरु भएको वितरण कार्यक्रम दि.सि.न.पा वडा नं. ७, शिखर नगरपालिकाको वडा नं. १,२,३ र ४, के.आई.सिंह गाउपालिकाको वडा नं.४,६ र ७ पनि वितरण गरिने योजना रहेको छ ।

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance