NEWS & EVENTS

इडिसि डोटीमा द्वारा दोश्रो चरणमा स्वास्थ्य सामाग्री सहयोग

2020/5/27

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउने उद्धेश्यले डोटीमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसि) नेपाल डोटीले दोश्रो चरणमा स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको
जस अन्तरगत बुधबार दिपायल सिलगढी नगरपालिकालाई लाख ३२ हजार सय ५० रुपैंया बराबरका सामाग्री हस्तान्तरण गरेको
डिसिएको सहयोगमा इडिसिका अध्यक्ष अधिराज बिसिले दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीमार्फत नगरपालिकाको स्वास्थ्य शाखा संयोजक गणेश भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाभित्रका विभिन्न वडामा रहेका वटा स्वास्थ्य सँस्थाहरुलाई प्रति सँस्थालाई २९ हजार ४३ रुपैंया बराबरका स्वास्थ्य सामाग्रीका दरले सहयोग प्रदान गरिएको इडिसिका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिए
कोरोना भाईरस विरुद्ध डटेर सामाना गरिरहेका स्वास्थ्यकर्मीहरुको उच्च सम्मान गर्दै थप मनोबल बढाउन पनि स्वास्थ्य सामाग्री सहयोगले मद्दत पुग्ने विश्वास रहेको संयोजक परियारले बताए
स्वास्थ्य सामाग्री बुझ्दै कोरोना महामारीको समयमा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेकोमा नगर प्रमूख मलासीले इडिसि नेपाललाई विशेष धन्यवाद दिइन् । यस्तै इडिसिले बुधबार नै जिल्ला अस्पताल डोटीलाई पनि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको
अस्पताललाई लाख ९७ हजार सय ७६ रुपैंया बराबरका सामाग्री सहयोग गरेको इडिसिले जनाएको
व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) सेट, पञ्जा, चश्मा, जुत्ताको कभर, टाउकोमा लगाउने बफ्यान्ट क्याप, डिस्पोजल ब्याग, सर्ज��कल मास्क, एन नाईन्टीफाईभ मास्क, गमबुट, थर्मल गन, सेनिटाइजर लगाएतका सामाग्री सहयोग प्रदान गरेको हो

यस्तै इडिसिले डोटीमा क्रियाशील तथा उपलब्ध भएसम्मका पत्रकारहरुलाई पनि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको
कोरोना महामारीमा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी रिपोर्टिङ्गमा खटिने पत्रकारहरुलाई सहजता होस भनि एन नाइन्टी फाइभ मास्क, सर्जिकल मास्क, पञ्जा, सेनिटाइजर लगाएतका सामाग्री सहयोग प्रदान गरेको हो
बुधबार नै जोरायल गाउँपालिकाका लागि पनि स्वास्थ्य सामाग्री पठाईएको विभिन्न स्थानीय तहहरुलाईफुडप्याकसमेत सहयोग गर्ने योजना रहेको इडिसिले जनाएको
यस पूर्व पनि जिल्लाका विभिन्न स्थानीय तहका २१ स्वास्थ्य सँस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग, झण्डै सय घरपरिवारलाई खाद्यान्न राहत गर्भवति तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिसकेको इडिसिका अध्यक्ष अधिराज बिसीले जानकारी दिए
यतिबेला भारतबाट जिल्लामा भित्रिने मानिसको संख्या बढ्दै गएकाले क्वारेन्टाइन व्यवस्थापन गर्न समस्या रहेकोमा यस विषयमा पनि स्थानीय तहहरुसँग समन्वय गरेर गर्न सकिने सहयोग बारे पनि सँस्थामा छलफल भईरहेको अध्यक्ष बिसिले बताए

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance