NEWS & EVENTS

डोटीमा डीसीएको सहयोगमा ईडिसीले २० लाख बढीको स्वास्थ्य सामाग्री वितरण गर्यो

2021/6/10

समुदायमा कोभिड–१९संक्रमण नियन्त्रण गर्न दलित, विपन्न, महिला तथा सिमान्तकृतलाई प्राथमिकतामा राख्दै चार ओटै पालिका भित्र होम आईसोलेशनमा रहेका ११ सय ५२ घरधुरीको स्वास्थ्य तथा सरसफाईका लागि ११ सय ५२ प्याकेट (५७ हजार ६ सय) सर्जिकल मास्क, ५सय एमएलका ११ सय ५२ बोतल हेण्डसेनिटाईजर, ११ सय ५२ थान डिजिटल थर्मोमिटर, २ दुई ३ सय चार थान हात धुने सावुन, १ हजार एक सय ५२ प्याकेट सेनिटरीप्याड महिला स्वंयसेविका मार्फत होम आईसोलेशनमा रहेका घरधुरीलाई वितरण गर्ने गरि पालिकाका प्रमुखमार्फत स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको संस्थाका वित्त अधिकृत कृष्ण सुन्दर श्रेष्ठले जानकारीदिनु भयो ।उक्त सामाग्री बुझ्दै के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले खुसी ब्यक्त गर्दै विगत झैं यस वर्षको विषम परिस्थितीमा पनि ईडीसी नेपाल डोटीले हाम्रो पालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएर ठुलो सहयोग पु¥याएको बताए । हरेक कार्यक्रममा पालिकासंग सहकार्य गर्दै माग्रीहरु तत्काल स्वास्थ्य संस्थामा वितरण गर्ने र समुदायका विपन्न, गरिव, दलित, महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर होम आईसोलेशनमा बसेका ब्यक्तिहरुको घरधुरीमा स्वास्थ्य सामाग्री पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफनो मन्तब्यको क्रममा पूर्विचौकी गाउँपालिकाका उपाअध्यक्ष निर्मला साउँद, जोरायल गाउपालीका अध्यक्ष दुर्गादत्त ओझा र शिखर नगर पालीकाका मेयर शिताराम जोशीले संस्थालाई धन्यबाद दिदै डोटीमा अपौचारिक रुपमा पालिकामा पारदर्शिता, तथा जवाफ देहिता बोर्ड मार्फत खर्चको सार्वजनिक गर्ने एक मात्र संस्था ईडीसी नेपाल रहेको समेत बताएका छन् ।

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance