NEWS & EVENTS

इडिसि डोटीद्वारा दुर्गा मा.वि.का २ सय ७२ जना शिक्षक र विद्यार्थीलाई कोरोना रोकथाम किट वितरण

2021/4/2

चैत्र २०, डोटी ।
डोटीमा झण्डै अढाई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालले शुक्रबार २ सय ७२ जना शिक्षक र विद्यार्थीलाई कोरोना रोकथाम किट वितरण गरेको छ ।
विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दोश्रो चरणमा देखा परिरहेको समयमा इडिसीले दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा रहेको दुर्गा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई कोरोना रोकथाम किट वितरण गरेको हो ।
एक्शनएड नेपाल र इडिसीको साझेदारीमा सञ्चालित आपतकालीन प्रतिकार्य परियोजना अन्तरगत मास्क, सेनिटाईजर, साबुन, डिजिटल थर्मोमिटर, हार्पिक, कोलगेट र ब्रस सहितको कोरोना रोकथाम किट वितरण गरेको इडिसीका कार्यक्रम अधिकृत नरेन्द्र बहादुर बिकले जानकारी दिए ।
किट वितरण कार्यक्रममा सो विद्यालयका शिक्षकहरु, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कीट प्राप्त गरिसकेपछि बोल्दै विद्यालयका प्रध्यानाध्यापक हिक्मत घलेले पछिल्लो अवस्थामा कोरोना भाईरस नयाँ रुपमा देखा परेकाले विद्यालयमा कीट प्रदान गरेकोमा धन्यवाद दिदै विद्यार्थीहरुमा स्वस्थ रहन सरसफाइ गर्ने बानीको विकास हुनुको साथै यी सामग्रीहरु कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी हुने र आगामी दिनहरुमा यि सामग्रीहरु आफै किनेर प्रयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
इडिसीका कार्यक्रम अधिकृत नरेन्द्र विक र केशवराज जोशीले विद्यालमै पुगेर कीट वितरण गरेका हुन् ।

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance