NEWS & EVENTS

स्थानीय तहको निती निर्माणमा सहजिकरण गर्दै सम बिकास केन्द्र

2021/1/20



डोटीः स्थानीय तहको निती निर्माणमा सम बिकास केन्द्र नेपाल (ईडिसी) डोटीले सहजिकरण गरेको छ । जिल्लाका तिन स्थानीय तह शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र जोरायल गाउँपालिकामा सुशासन प्रर्बद्धनका लागी आवश्यक पर्ने नीतिहरू निर्माणमा सहजिकरण गरेको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए ।

मङ्गलवार केआईसिंह गाउँपालिकालाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निती, विषयगत समितिको काम कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि र गैर सरकारी संस्था समन्वय र परिचालन निती हस्तान्तरण गरिएको अध्यक्ष बिसीले जानकारी दिनु भएको छ । ईडिसी मार्फत सञ्चालनमा रहेको परिबर्तन परियोजनाले सहजिकरण गरेका नीतिहरूमा मस्यौदा तयार गरी कार्यपालिका तथा गाउँ सभामा समेत छलफल गरी पास गरिएको परिबर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले बताए । परियारले भने सुशासन कायम गर्नका लागी आवश्यक पर्ने नीतिहरूमा ईयु, डिसिय र ईनलोगोसको प्राविधिक सहयोगमा सम बिकास केन्द्रले सहजिकरण गरिहरेको छ ।

केआईसिहं गाउँपालिका र सम बिकास केन्द्रको संयुक्त साझेदारीमा निमार्ण गर्ने उद्देश्यका साथ सामुदायिक शिशु स्याहार केन्द्रको भवनको शिलान्यास गरेको छ । महिला अधिकार मञ्चको अगुवाइमा महिलाको कार्य बोझलाई कम गर्ने हेतुले स्थापना गर्न लागिएको उक्त भवन निमार्णका लागी सम बिकास केन्द्रको ८ लाख र केआइसिंह गाउँपालिकाको ४ लाख र २ लाख बराबरको महिलाको श्रमदान गरी कुल १४ लाख बराबरको लगानीमा भवन बन्ने भएको छ । भवनको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले शिलान्यास गरेका छन् ।


logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance