NEWS & EVENTS

सम विकास केन्द्र नेपालले संपन्न गरेका कार्यको सरोकारवालाबाट अनुगमन

2020/12/30


सम विकास केन्द्र नेपाल संस्थाको स्थानीय अधिकार र कार्यान्वयन कार्यक्रम अन्तर्गत द महिला नेटवर्क परियोजना लगायत बिभिन्न परियोजनाले दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ४ र ५ का बिभिन्न क्षेत्रमा गरेको कार्यको बुधबार अनुगमन गरेको छ । संस्थाले विभिन्न क्षेत्रमा नेतृत्व सिप बिकास दिगो जिविकोपार्जन, बाख्रा, गाइ पालन, किराना पसल, तरीका खेती, सिलाइ कटाइ लगायतका क्षेत्रमा भएको परिवर्तनको सरोकारवालाले अनुगमन गरेको छ ।

कार्यक्रम अन्तर्गत महिलालाइ केही कामको कार्य बोझ कम भएको, महिलाको नाममा लालपुर्जा पाउने कुरा, बहुबिबाह छाउपडि महिला हिँसा, समान कामको समान ज्यालामा हुने बिभेदमा कमि आएको प्रगति महिला समुहकी अध्यक्ष नन्दा पार्किले बताउनुभयो । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुनाका बासिन्दाहरु बर्षौ देखि पानीको अभाब झेल्दै आएका थिय। अहिले दिपायल सिलगढी नगरपालिका वडा ५ र सम बिकास केन्द्रको सहयोगमा पानीको ब्याबस्था भएपछि तकारी खेति गरेर खाने भएका छन । बाहिर बाट नकिनेर आफ्नै बारीको तरकारी खाने गरेको स्थानीय हरीमाया धामीले बताउनुभयो

अनुगमनमा निष्केका गैर सरकारी संस्थाका अध्यक्ष रघु कठायतले महिलाहरुको अवस्थामा थोरै भएपनि परिवर्तन भएको भन्दै बधाई तथा सुभकामना दिनुभएको थियो। सरकारी र गैरसरकारी संस्थाले महिलाको क्षेत्रमा यतिको लगानि गर्ने हो भने चुलोचौकोबाट बाहिर आउन सक्ने जिल्ला समन्वय समिति डोटीका उप प्रमुख ससि सोपले बताउनुभयो ।

सम बिकास केन्द्र इडीसी नेपाल, डोटी दलित महिला सिमान्तकृत समुदायको हक, अधिकार सहित समतामूलक समाजको स्थापनाको उदेश्य लिएर समग्र क्षेत्रको बिकासको लागि बिगत २४ बर्षदेखि डोटी जिल्लामा क्रियाशील रहेको छ।अनुगमनमा गैरसरकारी संस्था का अध्यक्ष रघु कठायत,सम बिकास केन्द्र का अध्यक्ष अधिराज बि सि,द मिहिला नेटवर्क परियोजना परिचालक रमा भण्डारी बाल प्रायोजन अधृिकत नरेन्द्र बि क, स्थानीय अधिकार अधिकृत केशव परियार लगायत पत्रकारको सहभागिता रहेको थियो।


logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance