NEWS & EVENTS

सम विकास केन्द्रडोटीले साकार परियोजनाको कार्यक्षेत्रमा कोभीड १९ कोरोनाबाट प्रभावीत समुदायमा फिल्टर सहयोग

2077/5/31

डिसिए नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र (ईडिसि) डोटी द्धारा संचालित साकार परियोजना अन्र्तगत समुदाय स्तरमा मानवीय सहायता÷कोभिड–१९÷वास प्रतिकार्यको लागि साकार परियोजना मार्फत डोटी जिल्लाको पूर्विचौकी गाउँपालीका वडा नं. ३ र ४ तथा यसै गरि के. आई. सिह गाउँपालीका वडा नं. ४, ६ र ७ का जम्मा २५० घरधुरी लाई छनौट गरि २५० वटा खानेपानी फिल्टर सहयोग गरेको छ जस्मा विशेष गरि एकल महिला, अपांगता भएका घरधुरी र सीमान्तकृत समुदायका जम्मा २५० घरधुरी रहेका छन । शुद्ध खानेपानीमा पहुँच पुर्याउने उद्धेश्यका साथ प्रति घरधुरी एक–एक वटाका सहयोग गरेको छ । समुदायमा पानी उमालेर, सोडिस गरेर वा अन्य उपायद्धार शुद्धिकरण गरि खाने बानीको विकास नभई सकेको अवस्थामा उक्त सहयोग ले समुदायका अति विपन्न परिवारको शुद्ध खानेपानीमा पहुँच सुनिश्चित हुने विश्वास परियोजनाले लिएको छ । उक्त सामग्री स्थानीय जनप्रतिनिधिको रहोवरमा सम विकास केन्द्र, (ईडिसि)÷सकार परियोजनाका फिल्ड कर्मचारीहरुले वितरण गरेका थिए । 

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance